Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जसपाका शीर्ष ५ नेताले आज प्रधानमन्त्री ओलीलाई भेट्दै

    जसपाका शीर्ष ५ नेताले आज प्रधानमन्त्री ओलीलाई भेट्दै

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। सत्ता समीकरणमा निर्णायक भूमिका रहने भएपछि एकाएक चर्चामा आएको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ५ नेताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ ५ बजे भेटेर आफूहरूको मागबारे छलफल गर्ने निर्णय गरेको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।



    जसपाले मधेस आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग राखेको छ।



    बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार