काठमाडौं । काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ ।
विहीबार क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउदै २ सय ६६ रन बनायो ।
बागमतीका लागि पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले ।
यस्तै नन्दन यादवले ४२, इशान पाण्डेले २६ , आदील खानले २१ र पृथु बास्कोटाले १२ रनको योगदान दिए।
आर्मीका लागि सोमपाल कामी एक्लैले ५ विकेट लिए ।
अबको केहीबेरमा आर्मीले जवाफी ब्याटिङ गर्दै छ ।
Leave a Reply