काठमाडौँ। ‘दशौं नेफ्टा फिल्म अवार्ड’ मा सहभागी हुनका लागि अभिनेत्रीहरु निरुता सिंह र विपना थापा नेपाल आइपुगेका छन् ।
आगामी शनिबार सोल्टिी होटलमा अवार्ड कार्यक्रम हुदैछ ।
त्रिभुवन विमानस्थलमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामा , संघका पुर्व अध्यक्ष मनोज केसी, वरिष्ठ नृत्य निर्देशक कमल राईले उनीहरु दुवैलाई विमानस्थलमा स्वागतगरेका थिए ।
यस कार्यक्रममा अधिकांश कलाकारहरु सहभागी हुने आयोजकले बताएको छ ।
Leave a Reply