Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • वाग्मती र काठमाडौँ आ–आफ्नो खेलमा ब्याटिङ गर्दै

    वाग्मती र काठमाडौँ आ–आफ्नो खेलमा ब्याटिङ गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा अहिले वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ ले आ आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा वाग्मतीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विरुद्ध ब्याटिङ गरिरहेको छ । वाग्मतीले ११ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ४१ रन बनाएको छ ।



    यस्तै मुलपानी क्रिकेट मैदानमा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपीएफ क्दबका विरुद्ध ब्याटिङ गरिरहेको छ । काठमाडौँ मेयर ११ ले १२ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ५० रन बनाएको छ ।



    आजको खेलको नतिजासँगै फाइनल पुग्ने दोस्रो टिमको पनि टुंगो लाग्ने छ । यसअघि काठमाडौं मेयर ११ माथि १०३ रनको जीत दर्ता गरेको नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार