काठमाडौं । बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
शिवरात्रिको दिन आज पशुपतिनाथ मन्दिरमा पूजा गर्नेको बिहानैदेखि घुइँचो छ । बिहान चार बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिएका थिए । यस वर्ष कोरोना महामारीका कारण आठ लाखको हाराहारीमा दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।
विगत वर्षमा १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए ।
Leave a Reply