Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

    लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.1K
    SHARES

    एजेन्सी । आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो ।

    पहिलो लेगमा पनि दुई शून्यले पराजित भएको लाइप्जिग समग्रमा चार–शून्यले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।



    दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औँ मिनेटमा गोल गरे ।



    यस्तै बुधवार राति भएको अर्को खेलमा बार्सिलोनालाई हराउँदै पेरिस सेन्ट जर्मेइन क्वाटर–फाइलमा प्रवेश गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार