काठमाडौ । मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।
फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, फेरि समस्या बढेको भन्दै भेन्टिलेटरमा राखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले नेता जोशीको अवस्था जोखिमपूर्ण रहेको बताएका छन् । चिकित्सकको सल्लाहअनुसार नै जोशीलाई फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।
Leave a Reply