काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।
पार्टी ब्युतिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेको स्रोतले बताएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल,लिलामणि पोखरेल, शक्ति बस्नेत लगायत सहभागी छन् ।
त्यस्तै, ओली पक्षका चार नेता रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी छैनन् ।
अदालतको फैसलापछि बैठक आज पहिलो पटक बस्न लागेको हो।
बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।
Leave a Reply