Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चेल्सी शीर्ष चारमा यथावत

    चेल्सी शीर्ष चारमा यथावत

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ। जितसँगै चेल्सी शीर्ष चारमा यथावत रहेको छ ।

    घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० गोलले पराजित गरेको हो । चेल्सीका लागि जोर्गिन्होले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औँ मिनेटमा एभर्टनका बेन गडफ्रीले आत्मघाती गोल गरेका थिए ।



    जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ ।



    लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । २७ खेलबाट ४८ अंकसहित वेष्ट ह्याम पाँचौँ स्थानमा पुगेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार