Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • खरिपाटी क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिए

    खरिपाटी क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । खरिपाटी भक्तपुरमा रहेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् ।

    भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन पु-याएको हो ।



    अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।



    सरकारले गत चैत ८ गते दुबई, कतारलगायत विभिन्न देश हुँदै थाई एयरवेजबाट फर्किएका ४९ र एयर इन्डियाबाट आएका १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइन पु-याइएको थियो । त्यसपछि १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई खरिपाटी क्वारेन्टाइन ल्याइएको थियो ।

    त्यहाँ नियमित ज्वरो जाँच भइरहेको छ । दुईजना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँचजनाको टोली सेवामा खटिएका छन् । कोरोना सङ्क्रमणको आशङ्का देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा छ ।

    सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यस बीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लगिने जनाइएको छ ।

    आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्ने छन् । प्राधिकरणको क्यान्टािनबाट खाना प्याकिङ गरी उनीहरुलाई पठाउने गरिएको छ भने क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार