एजेन्सी । न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेटको सिरिज जितेको छ ।
आइतबार न्युजिल्याण्डको घरेलु मैदान विलिङटनमा भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले ३-२ ले सिरिज जितेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
Leave a Reply