काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ।
अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको पनि उपस्थिति रहेको थियो ।
दोस्रो चरणको अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ ।
Leave a Reply