Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ‘पहिले बालुवाटार अनि मात्र सभागृह’

    ‘पहिले बालुवाटार अनि मात्र सभागृह’

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारसँगको तीन बुँदे सहमतिपछि काठमाडौँ आउँदै गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिले प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् ।

    प्रतिबन्ध फुकुवा भएसँगै विप्लव अहिले नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् ।



    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईका अनुसार विप्लव बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।



    ‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, भट्टराईले भने, ‘केही विषयमा कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’

    शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार