सर्लाही। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्नेतर्फ काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्ने तथा प्रधानमन्त्रीलाई निरन्तरताबाट हटाउनेतर्फ लाग्नु पर्ने नेता थापाले बताए ।
फरक प्रसंगमा नेता थापाले भने, यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टिलाई म्यानडेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकास हुने बताए ।
Leave a Reply