काठमाडौँ। नेकपा प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई बर्खास्त गरेकोबारे सचिवालयलाई जानकारी गराएको छ ।
प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु बिहीबार संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई बर्खास्त गरेको जानकारी गराएका हुन् ।
संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन प्रचण्ड-माधव समूह प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए ।
बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले पार्टीहित विपरित काम गरेको भन्दै ओलीलगायत शीर्ष नेताहरुलाई बर्खास्त गरेको जनाएको छ।
Leave a Reply