काठमाडौंँ । नेपाली फिल्म ‘मिरर’ निर्माण हुने भएको छ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिकामा लिएर फिल्म निर्माण हुन लागेको निर्माण पक्षले बताएको छ ।
नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा मिरर निर्माण हुन लागेको हो।
कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । वैशाखबाट छायाँकनमा जाने फिल्मको बाँकी कलाकार, प्राबिधिक छिट्टै सार्वजनिक गरिनेछ निर्देशक कबिराजले बताए ।
अभिनयमा केही समय ग्याप रहेका आर्यन पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् ।
Leave a Reply