काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा अहिले आयोग जाने तयारी भइरहेको सो समूहका केन्द्रीय सदस्यले बताए ।
पछिल्लो समय आयोगले नेकपा विवादबारे कुनै निर्णय नगरेपछि आयोग जाने तयारी भएको उक्त समूहले जनाएको छ ।
बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको प्रचण्ड-माधव समूहले सदस्यहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र सहित आयोगमा जान लागेको हो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित राजधानीमा रहेका केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित भएको छ ।
Leave a Reply