चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई धरापमा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।
बिहीबार चितवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘केपी ओलीले देशलाई, व्यवस्थालाई र संविधान सबैलाई धरापमा पार्नुभयो । त्यसैले ओलीलाई सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’
नेता पौडेलले बरु प्रचण्ड-माधव समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा पार्टी सकारात्मक हुन सकिने प्रस्ट्याए । ‘यसमा बरु सकारात्मक हुन र छलफल गर्न सकिन्छ,’ पौडेलले भने ।
कार्यक्रममा नेता पौडेललेभने, ‘अहिले नाजुक स्थिति रहेको छ, यसलाई पार लगाउन कांग्रेसबाहेक अरुले भूमिका खेल्ने हैसियत छैन । उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्याए पार्टीको भूमिका अझै ठुलो हुने बताए ।
Leave a Reply