काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग ३ बुँदे सहमति भएपछि सरकारले उक्त समूहका नेता तथा कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।
विप्लव समूहल हत्या, हिंसाजन्य कार्यमा लागेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।
प्रतिवन्धसँगै प्रहरीले विप्लव समूहका नेता÷कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।
विप्लव समूहसँग बुधबार दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो भने आजको वार्तामा सहमति जुटेको हो ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेका थिए ।
Leave a Reply