Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • सरकार र विप्लव समूहबीच आज निर्णायक वार्ताको तयारी

    सरकार र विप्लव समूहबीच आज निर्णायक वार्ताको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारी टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज चौथो चरणको वार्ता हुने भएको छ।

    बुधबार पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको आवासमा वार्ता भएको थियो ।



    तेस्रो पटकको वार्ता सकारात्मक रहेको र आज पनि वार्ता जारी रहने सरकारी टोलीका एक सदस्यले बताए ।



    यसअघि दुई चरणको वार्ता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको थियो । दुवै पक्ष सहमती नजिक पुगेको सरकारी टोलीले दाबी गरेको छ ।

    बुधबार बिहानदेखि गृहमन्त्री थापा र राजन भट्टराई तथा विप्लव समूहका खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेबीच वार्ता भएको थियो । बालुवाटारमा भएको वार्तामा सरकार विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको थियो।

    आजको वार्ता निर्णायक हुने बताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार