Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे कहर: अझै पनि अपर्याप्त परीक्षण

    काेराेनाकाे कहर: अझै पनि अपर्याप्त परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडाैँ । जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ । हालसम्म प्रयोगशालाले ६ सय ८७ नमुना परीक्षण गरेको छ, तीमध्ये तीन जनामा संक्रमण रहेको पुष्टि भएको हो ।

    स्वास्थ्यमन्त्री ढकालले लकडाउनका कारण नमुनाहरू काठमाडौं ल्याइपुर्‍याउन मुस्किल भएकाले छिट्टै पूर्वमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण गरिने जानकारी दिएका छन् । पश्चिमबाट भने नेपालगन्जमा नमुना संकलन गरेर बेलुका विमानबाट ल्याइने बताएका छन् । काठमाडौंबाट तीन/चार घण्टाको दूरीमा रहेको स्थानबाट एम्बुलेन्समा नमुना ल्याइने उनले जनाए । उनले परीक्षणको दायरा किन नबढाइएको हो भन्ने विषयमा भने केही बोलेनन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार