Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मुख्य अस्पतालमै छैन पीपीई

    मुख्य अस्पतालमै छैन पीपीई

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैं । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बढीमा तीन दिनभित्र सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्री विदेशबाट आउने जनाए । उनले यस्तो जानकारी दिए पनि सरकारले खरिदका लागि आह्वान गरेको बोलपत्रमा भने कसैले इच्छा प्रकट नगरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    सरकारले कोभिड–१९ को उपचारका लागि प्रमुख रूपमा तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीपीई नै छैन भने हुन्छ । अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले हालसम्म जेनतेन बिरामी जाँच गरिरहेका भए पनि संक्रमितको संख्या बढे गम्भीर समस्या निम्तिने अवस्था छ । पीपीईबिना डाक्टरहरू कोरोना संक्रमितको उपचारमा संलग्न हुन सम्भव हुन्न ।



    अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा प्रयोग गर्ने हो भने अहिले मौज्दात पीपीईले दुई/तीन दिन धान्न पनि मुस्किल छ । ‘अहिले त खासमा चिकित्सकहरूले मात्रै प्रयोग गरिरहेका छौं । भोलि बिरामी बढेको खण्डमा अरू स्टाफहरूका लागि पनि पीपीई चाहिन्छ, त्यस्तोमा कसरी व्यवस्था हुन्छ भनेर चिन्तित छौं,’ उनले भने ।



    स्वास्थ्यमन्त्री ढकालले भने पीपीई मन्त्रालयमा रहेको बताए । ‘हामीसँग मन्त्रालयमा अझै पनि स्टक छ । त्यो अपुग होला, तर हामीले थप व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘आउनेबित्तिकै आवश्यक सबै स्थानमा पठाउँछौं ।’

    पीपीईलगायत सामग्री आपूर्ति नहुँदै संक्रमितको संख्या बढे सीमित सरकारी तथा निजी अस्पतालले केही दिन सेवा दिए पनि त्यसलाई निरन्तरता दिन मुस्किल पर्ने चिकित्सक बताउँछन् । सरकारले लकडाउन गरेर स्थिति नियन्त्रण गर्न खोजे पनि कतारलगायत विश्वका विभिन्न कुनाबाट स्वदेश भित्रिएका नेपालीले होम क्वारेन्टाइनको नियम नमानेकाले संक्रमितहरूको संख्या बढ्न सक्ने उनीहरूले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार