Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • हुन्डीको रकमसहित भारतीय नागरिक पक्राउ

    हुन्डीको रकमसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणको हुन्डीको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सोमबार भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको नेपाली तीन लाख बाह्र हजार र पाँच हजार दुई सय भारतीय रुपैयाँ सहित भारतीय नागरिक २५ बर्षीय सोनु साहलाई पक्राउ गरिएको हो ।



    बरामद रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।



    उनीहरुलाई पर्सा जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको खनालले बताए ।

    भारतबाट हुन्डीको पैसा जिल्लाको मुख्य तथा ग्रामीण नाकाबाट लुकिछिपी भित्र्याइने गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार