Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–माधव समूहको बैठक

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–माधव समूहको बैठक

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सर्बोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बिकसित घटनाक्रम र भावी रणनीतिका लागि नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक बसेको छ ।

    संसद अधिवेशन आह्वान भएसँगै रणनीति बनाउन  सचिवालय बैठक बसेको छ ।



    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल केन्द्रित गरेको छ ।



    पार्टीभित्र देखिएको कानून अड्चनदेखि कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफलबारे व्रिफिङ हुँदैछ । कांग्रेस र जसपाले आधिकारिकता खोजेपछि प्रचण्ड–माधव समूह रणनीति बनाउन जुटेको हो ।

    फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सोही अनुसार २३ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार