Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दमौली कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा चार जना घाइते

    दमौली कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा चार जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    तनहुँ । आइतबार दिउँसो कैदीबन्दीबीच कारागारमा झडप हुँदा केही घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलका अनुसार कारागारमा के कारणले झडप भएको भन्ने विषयमा अनुसन्धान थालिएको छ।



    एसपी पौडेलले भने, ‘ हामी अहिले कारागारमै बसी समस्याको समाधानमाथि छलफल गरिरहेका छौं । पूरा विवरण भोलिमात्र सार्वजनिक गर्ने छौं ।’



    कारागारमा रहेका लागूऔषध कारोबारी मुद्दाका बन्दी र अर्को समूहबीच झडप भएको प्रहरीको भनाइ छ ।

    झडपमा चार जना घाइते भएको र उनीहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार