Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बलिउड अभिनेता बच्चनको स्वास्थ्य स्थिती बिग्रिएका कारण शल्यक्रिया हुने

    बलिउड अभिनेता बच्चनको स्वास्थ्य स्थिती बिग्रिएका कारण शल्यक्रिया हुने

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो स्वास्थ्य स्थिती बिग्रिएका कारण शल्यक्रिया हुन लागेको बताएका छन् ।

    सामाजिक सञ्जालमा निकै सक्रिय रहने बच्चनले सामाजिक सञ्जालमार्फत् सो जानकारी गराएका हुन् । उमेरले झन्डै ८० बर्ष पुग्न लागेका उनले ‘स्वास्थ्य अवस्था,शल्यक्रिया । योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन् ।



    उनको पोष्टमा टिप्पणी गर्दै प्रशंसकहरूले स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन्।



    गत वर्ष मात्र अमिताभ बच्चन लगायत उनको सपरिवार छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

    अमिताभ बच्चन हालै अजय देवगन निर्देशित फिल्म ‘मे डे’ को लागि शूटिंग गर्दै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार