Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेनाकाे कहर: सुर्खेतमा भारतबाट फर्केका ५७ लाई क्वारेन्टाइनमा

    काेराेनाकाे कहर: सुर्खेतमा भारतबाट फर्केका ५७ लाई क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.9K
    SHARES

    काडमाडाैँ । भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका ५७ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । उनीहरु आज बिहान २ः०० बजे नेपालगञ्ज हुँदै सुर्खेत भित्रिएका थिए । भित्रिएकाहरुमा ५३ पुरुष र चार महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए।

    “कोरोनाको महामारीलाई ध्यानमा राखेर क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित अशोक होटलमा राखिएको छ ।” सूचना अधिकारी रायमाझीले भने, “कर्णाली प्रदेश सरकारको सहयोगमा उनीहरुलाई २७ कोठा भाडामा लिएर राखिएको हो ।”



    सुर्खेतको खुलामञ्चमा उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले क्वारेन्टाइन निर्माण कार्य जारी रहेको हुँदो उनीहरुलाई सरकारले होटेलमा व्यवस्था गरेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारको मङ्गलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले भारतलगायत विभिन्न देशबाट स्वदेश फर्केर बाटोमा अलपत्र परेका नागरिकको उद्धारका लागि १११० नम्बरको हटलाइन सेवा शुरु गरेलगत्तै ५७ जना सम्पर्कमा आएको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार