काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘केपी ओली सामन्तवादी भएको आरोप लगाएका छन् ।
ओलीले आफूलाई ‘महाराजधिराज’ ठान्ने गरेको प्रचण्डले बताए ।
ललितपुरको जावलाखेलमा शनिबार आयोजित पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीमा ‘अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने’ चरित्र रहेको आरोप लगाए।
ओलीमा विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले चर्को आलोचना गरे ।
उनले पार्टी एकताका क्रममा भएका सहमतिलाई ओलीले उलङ्घन गरेको बताए।
आलोपालो सरकारको नेतृत्व, दुवै जना अध्यक्षको समान हैसियतजस्ता सहमतिहरु ओलीले ‘आई एम द स्टेट’ शैलीमा उलङ्घन गरेको प्रचण्डको भनाई छ।
प्रचण्डले भने, ‘ ओलीले जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’
केपी ओली सकुनीको भूमिकामा रहेको पनि प्रचण्डले प्रस्ट पारे।
Leave a Reply