Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना संक्रमित तेस्रो व्यक्ति कहाँबाट कहिले आएका थिए?

    कोरोना संक्रमित तेस्रो व्यक्ति कहाँबाट कहिले आएका थिए?

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौँ, १२ चैत । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामका लागि सरकारले विभिन्न कदमहरू चालेकाेा छ। साेही क्रममा नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति फेला परेकाे छ।

    संक्रमित तेस्रो व्यक्ति खाडी मुलुक दुवईबाट फर्किएको अध्यागमन कार्यालयकाे स्राेतले जनाएकाे छ। टेकुस्थित शुक्रराज अस्पताल स्रोतका अनुसार उनी गत ५ चैतमा नेपाल आएका हुन् ।



    कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी गत १० चैतमा परीक्षणका लागि टेकु पुगेको अस्पताल स्रोतले बताएको छ । ३२ बर्षीय उनी धादिङका स्थायी बासिन्दा भएको समेत बताइएको छ ।



    यसअघि जनस्वास्थ्य प्रयोगशालाले टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको पुष्टि गरेको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले अगाडी थपे ‘हामीले आज यसको सूचना सम्वन्धीत निकायलाई गराईसकेका छौँ,’ गुप्ताले अहिलेसम्म टेकुमा ६८७ जनामा कोरोना भाइरसको परीक्षण गरेको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार