Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सिंहको दाबी

    एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सिंहको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2K
    SHARES

    बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् ।

    बुटवलमा पत्रकारसँग कुरा गर्दै पुराना  नेता सिंहले एमसीसीबारे एजेण्डा मिल्ने भएकाले नयाँ सरकार ओली समूह र कांग्रेसले बनाउने दाबी गरेका हुन् । उनले भनेका छन्– ‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ ।’



    नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेमा समेत जोड दिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरेका छन् ।



    नेता सिंहले ओली र देउवाको चाहना अनुसार एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा बन्ने भएकाले यो दुर्घटनाबाट देशलाई रोक्न  समिकरण बन्न दिनु नहुने उल्लेख गरे ।

    सर्वोच्चको फैसलापछि पनि मुलुक अस्थित बन्ने आशंका भने उनले गरेका छन्। सिंहले भने, ‘ओलीको अध्यारो यात्रामा अंकुश लागे पनि अब नयाँनयाँ जटिलताहरू थपिँदै जानेछन्’।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार