Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • वैज्ञानिक प्रतिवेदनको चेतावनी, माछाको सङ्ख्यामा विनाशकारी गिरावट आउन सक्ने

    वैज्ञानिक प्रतिवेदनको चेतावनी, माछाको सङ्ख्यामा विनाशकारी गिरावट आउन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। ताजा पानीमा हुने माछाको सङ्ख्यामा विनाशकारी गिरावट आउन सक्ने एउटा वैज्ञानिक प्रतिवेदनले चेतावनी दिएको छ।

    वैज्ञानिक प्रतिवेदनका अनुसार लगभग एकतिहाइ त्यस्ता माछा लोप हुने खतरा देखिन्छ। जसमा संरक्षण समूहहरूका अनुसार ८० प्रजातिका माछा लोप भएका छन् । तीमध्ये १६ प्रजाति पोहोर एक वर्षमै मासिएका हुन् ।



    लाखौँ मानिसहरू खाना र आयआर्जनका लागि ताजा पानीमा पाइने माछामा निर्भर छन् ।



    तर प्रदूषण, जथाभावी रूपमा माछा मार्ने चलन र नदीहरूमा बाँध बनाउने तथा पानी तान्ने कार्यबाट यस्ता माछाको सङ्ख्यामा कमी आएको छ।

    उक्त प्रतिवेदनका अनुसार विगत ५० वर्षमा बसाइँ सर्ने प्रकृतिका माछाको सङ्ख्या तीनचौथाइले घटेको छ।

    सोही अवधिमा मेगाफिश भनेर चिनिने ठूला प्रजातिका माछाको सङ्ख्या ९४ प्रतिशतले कम भएको छ।

    विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ), द लन्डन जूलोजिकल सोसाइटी (जेडएसएल), ग्लोबल वाइल्डलाइफ कन्जर्भेशन र द नेचर कन्जर्भेटरीसहित १६ वटा संरक्षण समूहहरूले विश्वका बिर्सिइएका माछाहरू नामक प्रतिवेदन तयार पारेका हुन् । स्रोत: बिबिसी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार