काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थितिमा बुधबार सुनको जलहरी राखिएको छ ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।
सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो ।
बिहानै सुनको जलहरी राख्ने कार्यक्रममा उपस्थित हुन पुगेकी राष्ट्रपति भण्डारीले जलहरी राखेपछि विशेष पूजा गरी फर्किएकी छन् ।
जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
Leave a Reply