Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रचण्ड र माधव चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै

    प्रचण्ड र माधव चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन् ।

    मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् ।



    संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन् । आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन् ।



    यता, समुहले आफू निकट सांसदहरुलाई पनि छलफलका लागि बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाइएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार