Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • थन्किने भए लकडाउन उल्लंघन गर्ने सवारीसाधनहरु

    थन्किने भए लकडाउन उल्लंघन गर्ने सवारीसाधनहरु

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले मंगलबार विहान ६ बजेबाट नै लकडाउन गरेको छ ।

    तर, कतिपय भने सरकारले गरेको निर्णयलाई अटेर गरेर विना कारण पनि हिडडुल गरिरहेका छन् । यसरी लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर राख्न थालेको हो ।



    आज विहानमात्रै काठमाडौं उपत्यकाबाट ३०२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको महागनरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।



    प्रहरीले सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

    सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दाको परिणाम हो यो । तरकारी बजार खुल्छ भनेर कालिमाटी पुगेकाहरु समस्यामा परेका हुन् ।

    सरकारले अत्यावश्यक सेवा सञ्चालन गर्ने बताइरहँदा कालीमाटी बजारलाई भने खुल्ला गरेको भनेर व्यापारीहरुले बताइरहेका छन् । अब कोटेश्वरमा घर भएको व्यापारी कालीमाटीमा पसल खोल्न जाने कि नजाने ? जाने भए कसरी जाने ?

    यतातिर भने न त सरकारले सोचेको छ न त प्रहरीले नै । यस्तो अवस्थामा कालीमाटी जस्तो एकदमै भीड हुने बजार खोलिनु उचित नभएको स्वयम् कतिपय व्यपारीहरु नै बताउँछन् ।

    यद्यपी प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको जनाएको छ ।

    मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएसँगै सवारीसाधन तीब्र रुपमा सडकमा देखिएपछि ‘हाल्ड’ गरिएको महाशाखाले जनाएको छ ।

    त्यसो त काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको अवज्ञा गर्दै विनाकारण घरबाहिर निस्किनेलाई ६ महिना जेल हाल्ने चेतावनी दिइसकेका छन् ।

    काभ्रेमा पनि ६३ वटा सवारीसाधन नियन्त्रण

    यसैबीच लकडाउनको उलंघन गरेको आरोपमा काभ्रेमा एक जना पक्राउ परेका छन् भने आज मात्रै ६३ वटा सवारीसाधन नियन्त्रणमा छन् ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपा, धलिखेल, भकुण्डे, पाँचखाल लगायतका क्षेत्रबाट ६१ वटा मोटरसाइकल, एउटा गाडी र दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार