काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।
रिसालका अनुसार घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
Leave a Reply