Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

    सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  बाँके, बर्दिया, भक्तपुर, सुनसरी र बाराका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

    प्रहरीको केन्द्रिय समाचार कक्षका अनुसार बाँके, बैजनाथ गाउँपालिका-५ स्थित सडकमा रोकी राखेको ट्याक्टरमा भे.९ प ८८५८ नम्बरको मोटरसाइकल शुक्रबार राति ठक्कर खाँदा मोटरसाइकल चालक बर्दिया बाँसगढी नगरपालिका-३ उत्तरभकारी बस्ने ३० वर्षीय राम नरेश थारूको मृत्यु भएको छ ।



    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    बर्दिया, ठाकुरबाबा नगरपालिका-५ शाहीपुरस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले भे.१० प २६४७ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बाँके कोहलपुर नगरपालिका-८ बाबानगर बस्ने ३५ वर्षीय नबराज बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    भक्तपुर, भक्तपुर नगरपालिका(१ घलाते चोकमा हाल नम्बर नखुलेको टिपरले शुक्रबार राति ठक्कर दिँदा पैदलयात्री नाईटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरका शिक्षक सिन्धुपाल्चोक मांखा घर भएका ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शंकास्पद २ वटा टिपर चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

    सुनसरी, दुहबी नगरपालिका(८ सोनापुरस्थित सडकमा को.१९ प ६९७६ नम्बरको मोटरसाइकललाई बिआर ०१-जीसी ०३४१ नम्बरको ट्रकले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बुढिगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय राजन चौधरीको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका राजनको बिराट नर्सिङ होम बिराटनगर हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय आकाश चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ थलहीपुलस्थित सडकमा प्रदेश २-०३-०१० प १२६८ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२० ईनर्वा बसडिलवा बस्ने ३० वर्षीय बिजय प्रसाद यादवको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सुबर्ण गाउँपालिका-६ मझरिया बस्ने ५५ वर्षीय रामदेव प्रसाद यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार