काठमाडौ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले अटेर गरी लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
Leave a Reply