झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले जटिलता निम्त्याएको हुँदा अब ताजा जनादेशमा जानुको बिकल्प नभएको वताएका छन् ।
आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्रलगायतका समस्याको समाधानका लागि ताजा जनादेशमा जानु नै सबैभन्दा उत्तम हुने वताए।
अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे ।
सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने पनि थापाको धारणा थियो।
कम्युनिस्ट पार्टी भित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।
Leave a Reply