Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ६ लाख घुससहित मालपोतका हाकिम र लेखापढी व्यवसायी पक्राउ

    ६ लाख घुससहित मालपोतका हाकिम र लेखापढी व्यवसायी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा(नासु) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुससहित पक्राउ गरेको छ ।

    नासु खनाल र लेखापढी व्यवसायी बडालले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली शुक्रबार पक्राउ गरेको हो ।



    उनीहरुले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका-२२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार