Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • ५९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय

    ५९५ कैदीलाई रिहा गर्ने सरकारको निर्णय

    १५ जनालाई आममाफीका लागि सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले ७१औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा गर्ने भएको छ । साथै १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।



    तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेको संख्या ५९५ छ । बाँकी सजाय मिनाहा पाएकामध्येका १७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्ता गरिरहेका छन् ।



    यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ ।
    सरकारले यसअघि गणतन्त्र दिवस र संविधान दिवसको अवसर पारेर पनि क्रमशः २३३ र २८९ जना कैदीको सजाय मिनाहा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार