Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र कोप २६ टोलीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कोप २६ टोलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेको छ।

    बुधवार भएको भेटका क्रममा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारे जिज्ञासा राखेको थियो। यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेको समेत टोलीले जनाएको प्रधानममन्त्रीको सचिवालयले जनायो।



    कोप टोली मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक देखिएको थियो। यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्रीसमक्ष टोलीले राखेको सचिवालयले जनाएको छ।



    नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको टोली प्रमुख शर्माको भनाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस नोटमा उल्लेख छ।
    को हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार