लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूह लमजुङले आज बेंसीशहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको तथा देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताए ।
उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूह निरन्तर आन्दोलनमा छ ।
Leave a Reply