Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाएर जवाफदेही बनाउनेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

    पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाएर जवाफदेही बनाउनेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

    नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफ्नो सधै सम्मान रहेकाले सरकारले नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न उनले आग्रह गरे ।



    साथै उनले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाएर सम्मानित र जवाफदेही बनाउनुपर्ने बताएका छन् । आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ रहेको बताए ।



    पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार