काठमाडौं । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल कारबाही गर्न माग गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी समेत दिएका छन् ।
प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ ।यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’
Leave a Reply