काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले आफैले प्राप्त गरेको दुई तिहाई मतको व्यवस्थापन गर्न नसक्ने ओलीविरुद्ध सम्पूर्ण शक्ति एक भएर आन्दालन गर्नुपर्ने बताए ।
वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काँशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।
‘हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो, र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ’, पौडेलले भने, ‘यो अलोकतान्त्रिक कदम हो ।
Leave a Reply