Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • ‘ओलीले राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्देश्यले ल्याए’

    ‘ओलीले राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्देश्यले ल्याए’

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 3K
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्देश्यले ल्याएको बताएका छन् ।

    चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्र्तक्रियामा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ भन्दै ओली माथि प्रतिप्रश्न तेस्र्याए । प्रचण्डले भने–‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ।’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिदैं उनले त्यसमा सबैभन्दा बढी सहयोग आफुले गर्ने बताए । राम मन्दिर बनाउने कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउन अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले त्यस्तो हो भने ओली आफैं गड्ढामा पर्ने उल्लेख गरे ।



    भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए ।



    पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु कि मलाई प्रधानमन्त्री हुने लोभ नै छैन्, यो भ्रम कसैलाई नपरोस भन्दै प्रचण्डले आन्दोलनको नेतृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत रहेको औल्याए ।

    यो आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउदैं उनले अहिले हासिल यो उपलब्धी धेरै ठुलो संघर्षबाट आएको दोहो-याए ।

    अन्य दलसँग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर, रामचन्द्र जीसंगै र जसपाका केही नेताहरुसंगै पनि कुराकानी भईरहेको बताउदैं ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गरे ।

    सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने  प्रश्नमा अध्यक्ष प्रचण्डले देश अराजकताको भुमरीमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलने खतरा रहेको बताए ।

    अर्को प्रश्नमा उनले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रिय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहो-याएका छन् ।

    माडीलाई मणी बनाउने कुरा आफुहरुले गरेकै  वताउँदै उनले माडीमा विकास जति हुनुपर्ने हो त्यति नभएकोमा प्रधानमन्त्री ओली नै दोषी रहेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार