Online Nepal
  • बुधबार, २ माघ २०८१
  • सुविसु र माफियासँग मिलेर भिसीको व्रम्हलुट, थिलो बन्दै विपी प्रतिष्ठान

    सुविसु र माफियासँग मिलेर भिसीको व्रम्हलुट, थिलो बन्दै विपी प्रतिष्ठान

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फागुन । नेपाल दूरसञ्चार संस्थानले प्रतिएमविपीएस इन्टरनेट सेवा २ हजार ६ सय ५२ रुपैयाँ ३७ पैसामा प्रदान गर्छ ।

    निजी सेवा प्रदायकहरुले त्यही सेवा कतिमा प्रदान गर्दा हुन् तपाईँ अनुमान लगाउन सक्नुहुन्छ रु तपाईको विचारमा हुनसक्छ एकरदुई गुणा बढी ।



    तर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवा प्रदान गरिरहेको निजी कम्पनीे सुविसुले त्यही सेवा ६ गुणा बढी अर्थात् प्रतिएमपीएस १३ हजार ३३० रुपैयाँ लिन्छ भन्दा जो कोहीलाई पत्याउनै गाह्रो पर्छ ।

    तर कुरा सत्य हो ।आखिरी यो कसरी हुन गयो भनी हालै त्यहाँका डाक्टर विद्यार्थीहरुले हल्लीखल्ली गरी अनुसन्धान गर्दा सो कम्पनीसँग मोटो रकम कमिशन खाई स्वयं त्यहाँका भिसी र अस्पताल निर्देशक र केही कर्मचारीहरुको मिलेमतोमा ब्रम्हलुट भइरहेको पत्ता लागेको छ ।

    झण्डै ४ हजार आवासीय कर्मचारी, विद्यार्थी, डाक्टरहरु र अस्पताल प्रशासनले प्रयोग गरिरहेको इन्टरनेट सेवा लिन सन् २०१७ देखि सुविसुलाई तत्कालीन उपकुलपति प्राडा बलभद्र दासले ठेक्का दिएका थिए ।

    त्यतिबेला ३० एमविपीएस मात्र इन्टरनेट सेवा लिने सम्झौता भएको थियो ।

    तर, हालका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी सो सेवालाई बढाएर सोही कम्पनीबाट ५० एमविपीएस पु-याएका छन् ।

    तर त्यति महंगो पैसा तिरेर पनि सेवा भने ज्यादै कमजोर हुन थालेपछि त्यहाँका डाक्टर विद्यार्थीहरुको एक समूहले गत महिना रजिष्ट्रार मोहन रेग्मीसमक्ष डेलिगेशन गएर गुनासो पोखाएका थिए ।

    सोही गुनासो अनुसार रजिष्ट्रार रेग्मीले सुविसुको सेवावारे छानविन गर्न डा.विजय खनालको सयोजकत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

    सो समितिले एक हप्ताभित्रै दिएको प्रतिवेदनमा तत्कालीन उपकुलपतिले बिनाप्रतिस्पर्धा नै सुविसुलाई कमिशन खाएर महंगोमा ठेकका दिएको रिपोर्टमा उल्लेख छ ।

    तर, सो प्रतिवेदन उपकुलपतिलाई बुझाएको एक महिना बितिसक्दा पनि सो कम्पनीलाई खारेज गरेर अर्को टेण्डर गराउन सकेको छैन ।

    बरु सुविसुका सेवाले वारम्वार धोका दिनाले विद्यार्थीहरुले ठूलो सास्ती खेप्न परिरहेको कुरा डाक्टर मधुकर बस्नेत बताउनुहुन्छ । खुला प्रतिस्पर्धा गराउने हो भने नेपाल टेलिकमले यस्ता शिक्षण सस्थाहरुलाई साविक दरभन्दा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।

    भिसीको भाइका धन्दा

    विराट नर्सिङहोम र विराट मडिकल कलेजका मालिकसमेत रहेका उपकुलपति गिरीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपकुलपतिमा नियुक्त गरेदेखि प्रतिष्ठानभित्र भ्रष्टचारले नयाँ नयाँ कीर्तिमान खडा गर्न थालेको छ । उनैको पालामा कोभिड अस्पतालको औषधि खरिदमा चरम अनियमितता भएपछि अस्पतालका २ डाक्टर र कर्मचारीले राजीनामा दिएका थिए ।

    प्रतिष्ठानभित्र आर्थिक अनियमितता गर्न र गराउँदै आएका धरानका औषधि व्यापारी चेतन अग्रवालकै साथ सहयोग लिएर अहिले उनले अस्पतालका प्रायः सबै औषधि आपूर्तिका जिम्मा दिएका छन । जबकि तिनै व्यापारीलाई अख्तियारले प्रतिष्ठानलाई आर्थिक नोक्सानी पु-याएको अभियोगमा ४ करोड बिगोसहित विशेष अदालतमा मुद्दा चलाइरहेको छ । उनले नक्कली स्प्रिट बेच्ने गरेको, ग्यास प्लान्टमा अनियमितता गरेको जस्ता थुप्रै आरोप लाग्दै आएको छ ।

    प्रतिष्ठानभित्र कमिशनको खेल व्यापक हुन थालेपछि इमान्दार व्यापारीहरुले भने प्रतिष्ठानमा कामै गर्न छाडेको बताउँछन् । कम्प्युटर, सिसी क्यामेराहरुको आपूर्ति गर्दै आएका एक व्यापारी आफनो बिल ५र६ महिनादेखि कम्युटर शाखामा गएर बिनाकारण अड्किएकाले आफूलाई घाटा भइरहेको बताउँछन् । ठूलो बिलको भुक्तान लिन उपकुलपतिको भाइ अजय गिरीलाई १० प्रतिशत कमिशन अग्रिम भुक्तान गरेर मात्र पाइने भएकाले प्रतिष्ठानमा काम गर्न नसकिने भनी काठमाडाँैका व्यापारीहरु गुनासो पोखेका छन् ।

    रजिष्ट्रारको कारण अनियमितता बाहिरिँदै

    प्रतिष्ठानलाई धरासायी बनाई आफ्नो मेडिकल कलेज र नर्सिङहोमलाई टेवा पु-याउने र अकूत पैसा कमाउने सपना बोकेर आएका उपकुलपति गिरीले गरेका अनियमितताको विस्तारै एक–एक गरी पर्दाफास हुँदै जानुमा रजिष्ट्रार मोहन रेग्मीको सक्रियताले काम गरेको कर्मचारीहरु बताउँछन् । प्रतिष्ठानको स्त्रीरोग विशेषज्ञ भई २२ वर्षदेखि कार्यरत रेग्मी गिरीकै पालामा रजिष्ट्रार पदमा नियुक्त भएका हुन् । प्रतिष्ठानमा इमान्दार, मेहेनती र निष्कलंक छवि बनाउँदै आएका रेग्मीले रजिष्ट्रार पदमा वहाल हुनेबित्तिकै २० लाखसम्म बिना प्रतिस्पर्धा कर्मचारीले सामान खरीद गर्ने प्रावधानलाई हटाएर ५ लाखमा झारेका छन् ।

    जसले गर्दा कमिशन खुवाएर विनाप्रतिस्पर्धा सामान बेच्ने व्यापारीहरुको ओठमुख सुकाइदिएका छन् । प्रतिष्ठानभित्र रहेका पसल, टेलर्स, पार्लर चमेनागृहहरु टेण्डर नगराई एउटै मान्छेले १५औँ वर्षसम्म सस्तो भाडामा चलाउँदै आएको थियो । तर यसपटक उनले ती सबैलाई नयाँ टेण्डर गराएर प्रतिष्ठानलाई थप आम्दानी बढाएका छन् । यही माघ १ गते खोलिएको टेण्डरको नतिजा अनुसार मासिक ३६ हजार भाडामा दिँदै आएको किराना पसलमा पहिलो प्रतिस्पर्धी व्यापारीले मासिक ९० हजार तिर्ने कबुल गरेका छन् भने दोश्रोले ७० हजार ।

    एउटै पसलबाट मासिक तिन दोव्वर भाडा उठ्ने भएको छ । जुन पसललाई वालाजी स्टोरको नाममा धरानका एक अग्रवाल व्यापारीले ३६ हजारमा वर्षौँदेखि एकलौटी चलाउँदै आएका थिए । यसैगरी हाल प्रतिष्ठानभित्र वर्षौँदेखि सरसफाइको ठेक्का लिँदै आएका गोपाल श्रेष्ठको पनि एकाधिकार तोड्दै चाँडै नै टेण्डर गराउन लागेको कर्मचारीहरु बताउँछन् ।

    आफ्नै आम्दानीबाट चालु खर्च धान्नुपर्ने विपी प्रतिष्ठानलाई कोभिड महामारीको कारण अर्वौको घाटा लाग्न गएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार हाल प्रतिष्ठान ७ अर्ब रुपैयाँ घाटामा रहेको देखिन्छ ।

     दृष्‍टि साप्ताहिकबाट साभार 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार