Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रचण्डले भने- अलोतान्त्रिक र असंवैधानिक चुनावले अतिवाद निम्त्याउँछ

    प्रचण्डले भने- अलोतान्त्रिक र असंवैधानिक चुनावले अतिवाद निम्त्याउँछ

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने बताएका छन् ।

    चितवनमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले आफू अतिवादमा नजाने भएकाले शान्तिपूर्ण राजनीतिमै रहने बताए ।



    असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनकाे जिकीर थियाे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’



    संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार