Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • आरआर क्याम्पसमा विद्यार्थीबिच झडप हुने सम्भावना देखिएपछि प्रहरी परिचालन

    आरआर क्याम्पसमा विद्यार्थीबिच झडप हुने सम्भावना देखिएपछि प्रहरी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरू बिच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।

    आज बिहान प्रतिनिधिसभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्री ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल पक्ष विद्यार्थीबिच विवाद भएको थियो।



    त्यही क्रममा केही धक्का मुक्कासमेत भएकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।



    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाभित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन्।

    प्रचण्ड- माधव समूह आन्दोलनको कार्यक्रम नै घोषणा गरेर सडकमा उत्रिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार