काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले फागुन ५ गते गर्ने भनेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठकका कारण स्थगित गरिएको कांग्रेस नेता नविन्द्रराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार जिल्ला सभापतिहरू कृयाशिल सदस्यता वितरण र नविकरणमा व्यस्त भएका र केन्द्रीय समितिको बैठक भएकाले स्थगित गर्नुपरेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला भएको थियो ।
फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।
Leave a Reply